Logo

३० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, २०८१ मा परिपक्व हुने

३० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, २०८१ मा परिपक्व हुने



नेपाल राष्ट्र बैंकले यही चैत २७ गते रु ३० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ ‘घ’ बिक्री गर्न लागेको हो ।

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सकिने छ । सो ऋणपत्रको सावा भुक्तानी २०८१ चैत २८ गतेभित्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL