Logo

नवनियुक्त गभर्नर अधिकारीको सपथ आजै, भन्छन्–कोरोना ग्रसित अर्थतन्त्र सुधार गर्नु मेरो दायित्व

नवनियुक्त गभर्नर अधिकारीको सपथ आजै, भन्छन्–कोरोना ग्रसित अर्थतन्त्र सुधार गर्नु मेरो दायित्व



काठमाडौं । नेपाल राष्ट्र बैंकका नवजनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज सपथ ग्रहण लिने भएका छन । अधिकारीले राष्ट्र बैंकको गभर्नर कार्यालयको कार्यकक्षमा नै सपथ लिने भएका हुन ।

उनले आज (मंगलबार) साढे ११ बजे सपथ लिने कार्यक्रम रहेको छ । उनलाई सर्वाेच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले गभर्नर कार्यालयमै उपस्थित भएर सपथ खुवाउने भएका छन ।


नवनियुक्त गभर्नर अधिकारीले आजै साढे ११ बजे सपथ ग्रहण कार्यक्रम रहेको र त्यसलगत्तै कार्यभार सम्हाल्ने उनले बिजखबरसँगको लक्षिप्त कुराकानीमा बताए । साथै आफुले देश कोरोनाबाट जकडिएको विषम परिस्थितिमा राष्ट्र बैंकको नेतृत्व सम्हाल्न पुगेको र देशको अर्थतन्त्र सुरधारमा सहयोग पुग्नेगरी काम गर्ने समेत उनले जानकारी दिए ।

सरकारको आर्थिक सल्लाहकारको रुपमा रहेको नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्र सुधार, मौद्रिक नीतिलगायतका विषयमा उल्लेखनीय भुमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL