Logo

कोरोना उपचारमा सहयोग पुग्नेगरी दिने कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा गणना गर्न पाईने, पुर्नकर्जा बढ्यो

कोरोना उपचारमा सहयोग पुग्नेगरी दिने कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा गणना गर्न पाईने, पुर्नकर्जा बढ्यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी प्रदान गरिने कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा गणना गर्न पाउने भएका छन् ।

राष्ट्र बैंकले आईतबार एक परिपत्र जारी गर्दै कोरोना भाइरस उपचारमा सहयोग पुग्नेगरी प्रबाह गरिएको कर्जा प्राथमिकता प्राप्त क्षेत्र कर्जामा गणना गर्न पाउने व्यवस्था गरेको हो । उपचारमा सहयोग पुग्नेगरी सेवा विस्तार र स्तरोन्नती गर्न चाहने निजी स्वास्थ्य सेवा प्रदायक संस्थालाई प्रबाह गरिने कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा गणना गर्न मिल्ने भएको हो ।

यसैगरी राष्ट्र बैंकले पुर्नकर्जाको सीमा पनि बढाएको छ । आईतबार राष्ट्र बैंकले पुर्नकर्जाको सीमा बढाएर ६० अर्ब रुपैयाँ पुर्याएको छ । तर पुर्नकर्जालाई कोभिड १९ बाट प्रभावित साना तथा मझौला उद्यमीलाई प्राथमिकता दिईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL