Logo

अर्थतन्त्रमा कोरोना असर : बैंकको किस्ता र ब्याज तिर्ने चैतको संकट असार मसान्तमा सर्दै

अर्थतन्त्रमा कोरोना असर : बैंकको किस्ता र ब्याज तिर्ने चैतको संकट असार मसान्तमा सर्दै



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाइरसको असर बढ्दै गएपछि सरकारले बैंकको किस्ता र ब्याज तिर्ने समय सार्ने भएको छ । चैत मसान्त नजिकिँदैसँगै उद्योगी व्यवसायीले बैंकको किस्ता र ब्याज बुझाउन नसक्ने बताईरहँदा नेपाल राष्ट्र बैंकले त्यसमा सहुलियत दिन लागेको हो ।

laxmi

कोरोना भाइरसको असरका कारण उद्योग व्यवसायमा समस्या आएसँगै उद्योगी व्यवसायीले बैंकको किस्ता र ब्याज बुझाउने समय सार्न लागिएको नेपाल राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ । ‘अहिलेको अवस्थामा उद्योगी व्यवसायीले बैंकबाट लिएको कर्जाको किस्ता तथा ब्याज बुझाउन सक्ने अवस्था देखिएको छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तसर्थ हामीले १÷२ दिनमै छलफल गरी किस्ता र ब्याज तिर्ने समय असार मसान्तलाई सार्नेछौं ।’

विशेषगरी बैंकहरुले असोज, पुस, चैत र असार मसान्तमा ऋणिहरुसँग अनिवार्य रुपमा किस्ता र ब्याज उठाउँदै आएका छन् । बैंकहरुले त्रैमासिक रुपमा प्रकाशित गर्ने वित्तीय विवरण र राष्ट्र बैंकको निर्देशन अनुरुप पनि उनीहरुले हरेक त्रैमासमा ऋणिहरुसँग अनिवार्य रुपमा किस्ता र ब्याज रकम असुल्दै अएका छन् । तर, अहिलेको विशम परिस्थितीमा उद्योगी व्यवसायीले कर्जाको किस्ता र ब्याज तिर्ने समय सार्न लागिएको समेत राष्ट्र बैंकले जानकारी दिएको छ । ‘तत्कालका लागि अलिहे देखिएको समस्यालाई मध्यनजर गर्दै तत्कालका लागि असार मसान्तसम्मलाई कर्जाको किस्ता र ब्याज तिर्ने समय सार्ने निश्चित भएको छ,’ उक्त स्रोतले भन्यो, ‘महामारीको अवस्था लम्बिदै गयो भने आवश्यकता अनुरुप अझै समय थपिनेछ ।’

चीनको बुहानबाट फैलिएको उक्त भाइरसका कारण विगत २ महिनादेखि नेपालको आयात निर्यात व्यापार ठप्पजस्तै छ । आयातित कच्चापदार्थमा निर्भर नेपाली उद्योगहरु पनि बन्द हुने अवस्थामा पुगेका छन् । साथै सरकारले तत्कालका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णयगरेसँगै चैत मसान्तमा कुनै पनि उद्योगी व्यवसायीले बैंकको किस्ता तथा ब्याज बुझाउन नसक्ने अवस्था हुने भएकाले पनि मिति सार्न लागिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL