Logo

ओखलढुंगामा भिवोरको नयाँ शाखा, शाखा संख्या ७ पुग्यो

ओखलढुंगामा भिवोरको नयाँ शाखा, शाखा संख्या ७ पुग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

५ साउन,काठमाडौं । भिवोर विकास बैंक लिमिटेडले ओखलढुंगाको रमाइलो डाँडामा नयाँ शाखा स्थापना गरेको छ ।

बैंकले आफ्नो सञ्जालविस्तार गर्ने रणनीति अनुरुपओखलढुङ्गामा यो शाखा स्थापना गरेको हो । यससँगै बैंकको शाखा संख्या ७ पुगेको छ ।

मंगलवार एक कार्यक्रमबीच त्यस क्षेत्रका सभासदहरु राम कार्की,रामहरि खतिवडा, यज्ञ राज सुनुवार, शकुन्तला राजभण्डारी र   हर्कबोल राई, प्रमुख जिल्ला अधिकारी यादव सुवेदी र बैंकका सञ्चालक समितिका अध्यक्ष  मोहनदास मानन्धरले संयुक्त रुपमा गरेका थिए । सो शाखाबाट बैंकले सम्पूर्ण बैंकिङ्ग कारोबारको साथै रेमिटेन्स सेवाको साथै लकर सेवा पनि प्रदान गर्ने छ ।

सो शाखाबाहेक पनि बैंकले श्रावण ६ र ८ गते क्रमशःकाभ्रेको भकुण्डेवेशी र नुवाकोटको ढिकुरेमा शाखा सञ्चालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL