Logo

नेपाल स्टारको बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक, कि एड्भरटाइजिङ्ग र बैंकबीच साझेदारीपत्रमा हस्ताक्षर

नेपाल स्टारको बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक, कि एड्भरटाइजिङ्ग र बैंकबीच साझेदारीपत्रमा हस्ताक्षर



काठमाडौं । नेपालकै पहिलो रियाली शो नेपाल स्टार’ को बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ निकट समयमानै राष्ट्रिय च्यानल नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ्ग पाटैनरको रुपमा नेपालको प्रतिष्ठित बैंक सिद्धार्थ बैंक बनेको हो ।

मंगलबार राजधानीमा एक समारोहकाबीच नेपाल स्टार आयोजक कि एड्भरटाइजिङ्ग र बैकिङ्ग पार्टनर सिद्धार्थ बैंकबीचसाझेदारीपत्रमा हस्ताक्षर भएको छ ।

साथै, कार्यक्रम प्रस्तोताका रुपमा नेपाल टेलिभिजन(एनटिभी)का महाप्रबन्धक गोविन्द रोक्काले समेत सहमतिमा ऐक्ववद्धता जनाएका छन् । सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यक्रम अयोजक कि एड्भरटाइजिङ्गका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले पछिल्लो समयमा नेपालमा फ्रेन्चचाइज शो चर्चामा रहेकोमा नेपाल टेलिभिजले आफ्नै उत्पादनमा सातै प्रदेशलाई समेटेर नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार ल्याउन सफल भएको बताए । राष्ट्रिय कार्यक्रमको रुपमा प्रशारणमा आउन लागेको यस कार्यक्रमले नेपालको स्टार जन्माउने उनले बताए ।

नेपाल स्टार नेपालको सातै प्रदेश र काठमाडौंमा समेत गरी ८ स्थानमा अडिसन भएको र अब छिट्टै एनटिभीबाट प्रसारण हुने समेत उनले बताए । टेलिभिजन च्यानलको अत्याधुनिक प्रबिधि प्रयोग गरि उत्पादन र प्रशारण गरिने कार्यक्रम हो नेपाल । नेपाल टेलिभिजन नेपाल स्टारलाई देशकै स्टारको रुपमा स्थापित गराउने प्रयासका साथ देशभर लोकप्रिय टेलिभिजन नेपालभर सबैभन्दा बढी हेरिने टेलिभिजन हो । ‘स्पष्ट र बुलन्द आवाजमा फुल एचडी मा प्रशारण नेपाल टेलिभिजनको यस कार्यक्रममा सिद्धार्थ र्बैकलाई स्वागत गर्न पाउदा नेपाल टेलिभिजन गौरवान्वित छ र सधै यस्ता कार्यक्रममा सिद्धार्थ र्बैकलाई सदैव स्वागत गर्दछ,’ नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले भने ।

‘शुरुवाती दिनमै सफलताको पाइलामा अगाडि बड्न सफल नेपाल टेलिभिजनबाट प्रशारण हुने नेपाल स्टारमा बैंकिङ्ग पार्टनरको रुपमा सहकार्य गर्न पाउदा सिद्धार्थ बैक गौरव महशुस गर्दछ । यो सम्बन्धलाई सदैव अगाडि बढाउन सिद्धार्थ बैंक तयार रहेको र यस किसिमका राष्ट्रिय स्तरको कार्यक्रमबाट देशको कुना कन्दरामा रहेका, तर अवसर नपाएका प्रतिभावानहरुलाई अवसर दिइनुपर्छ । सिद्धार्थ र्बैक सदैव यस्ता राष्ट्रिय स्तरका कार्यक्रमहरुमा साथ दिन तत्पर रहेको छ’, प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले बताए ।

गायनबाट उत्कृष्ट गायन छान्ने यस कार्यक्रमले कलाको उच्च कदर गर्ने कुरा नेपाल स्टारको निर्यायक बरिष्ठ संगीतकार आलोकश्रीले बताए । ‘आज कलाले कदर पाउन थालेको छ र कलाको माग दिनानुदिन बढेदै गइरहेको अवस्थामा हामी राष्ट्रिय कलाकारको खोजिमा निस्केका छोै’, उनले भने । यो अभियानमा बरिष्ठ गायक गायिक क्रमश रामकृष्ण ढकाल र अन्जु पन्त सहितको हाम्रो टिमले मुर्धन्य कलाकारको खोजि गर्नेछ । ‘सुन्दर समयमा नेपाल टेलिभिजनबाट प्रशारण हुन लागेको यो कार्यक्रमले नव आगन्तुक कलाकारलाई स्वागत गर्नेछ’, अन्जु पन्तले भने । ‘यो कार्यक्रमले निश्चय पनि राम्रो कलाकार जन्माउन सफल हुनेछ र हामी यही प्रयासस्वरुप लागि परेका छौ’, गायक रामकृष्ण ढकालले भने ।

कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डल, बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, कि इन्टरटेनमेन्टका अध्यक्ष , बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लगायत अन्यको उपस्थित रहेको थियो सिद्धार्थ बैक सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पर्याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०४ एटीएम र १,६०० भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL