Logo

मेगा बैंकद्वारा कालिकोटका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम, दैनिक जीवनमा बैंकको महत्व जानकारी गराइयो

मेगा बैंकद्वारा कालिकोटका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम, दैनिक जीवनमा बैंकको महत्व जानकारी गराइयो



काठमाडौं । मेगा बैंक नेपालले कालिकोटका विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कालिकोटको खाडा चक्र नगरपालिकाको ताडीस्थित जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

laxmi

कार्यक्रममा मेगाका कालिकोट शाखा प्रबन्धक धनराज पौडेलले वित्तीय साक्षरता र वित्तीय जागरण, दैनिक जीवनमा बैंकको महत्व, आर्थिक समृद्धिका लागि बैंकिङ सेवाको महत्वका बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका कावा अध्यक्ष दानबहादुर विश्वकर्माले विद्यार्थी र शिक्षकहरुलाई वित्तीय जागरण गराइदिएकोमा मेगालाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै कार्यक्रमको निरन्तरताका लागि आग्रह गरे ।

मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा पौडेलले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL