Logo

नेपाल बंगलादेश बैँकको सामाजिक उत्तरदायित्व, सिआईएल काठमाडौँलाई व्हीलचियर हस्तान्तरण

नेपाल बंगलादेश बैँकको सामाजिक उत्तरदायित्व, सिआईएल काठमाडौँलाई व्हीलचियर हस्तान्तरण



काठमाडौं । नेपाल बंगलादेश बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत
व्हीलचियर वितरण गरेको छ ।

laxmi

सोमबार बालाजु आद्योगिक क्षेत्रमा रहेको इन्फिनिटी ल्याब्समा बनेका १० वटा व्हीलचियरहरु सिआईएल काठमाडौँको सहकार्यमा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो ।

बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीहरुद्धारा सिआईएल काठमाडौँको सहायतामा बनेका यी व्हीलचियरहरु पहिलो पटक नेपालमै निर्माण गरिएको हो । यस्ता व्हीलचियरहरु नेपालमै उत्पादन गर्दा विदेशी मुलुकहरु प्रति भर नपरी कम मूल्यमै उपलब्ध गराउन सकिने बताइएको छ ।

बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले सिआईएल काठमाडौँका महासचिव गणेश केसीको उपस्थितिमा धादिङ, पोखरा, काठमाडौँ, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरुलाई सो व्हीलचियरहरु प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दे बैँकका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अपाङ्ग व्यक्तिहरुलाई व्हीलचियर हिड्नु सरह नै हो भन्दै यसले उनीहरुको दैनिक जीवनको गतिशीलतामा सहजता हुने विश्वास दिलाए ।

साथै नेपाली भई नेपालमै बनेका सामानलाई प्राथकिता दिँदा देशको आर्थिक समृद्धि र देशलाई आत्मनिर्भर बनाउने सन्देश दिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL