Logo

बैदेशिक रोजगारमा जानेलाई एसबीआई बैंकको प्रोत्साहन, कर्जा लिनका लागि छ्ट्टै शाखा

बैदेशिक रोजगारमा जानेलाई एसबीआई बैंकको प्रोत्साहन, कर्जा लिनका लागि छ्ट्टै शाखा



काठमाडौं । नेपाल एसबिआई बैंकले बैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरि बचतकर्ता सुविधा संचालनमा ल्याएको छ ।

laxmi

बैंकले ल्याएको उक्त सुविधा बैंकको बर्दिबास, जनकपर, लाहान र मिर्चैया शाखामार्फत उपलब्ध हुनेछ । बैंकले ल्याएको उक्त सुविधाको प्रदेश नम्बर २ का मुख्य मन्त्री मोहमद लालबाबु राउत, मुख्य सचिव कृष्ण सुवेदीलगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

१ सय भन्दा बढी वैदेशिक रोजगारीमा जाने संभावित श्रमिकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रदेश नं २ का मूख्यमन्त्री राउतले ग्राहकहरुलाई कर्जा स्वीकृती पत्र हस्तान्तरण गरेका छन ।

बैंकले प्रदेश २ सरकार र डिएफआइडि÷यूकेएड सीपको सहकार्यमा प्रदेश नं २ का वैदेशिक रोजगारीमा जाने श्रमिक तथा तिनका परिवारलाई विभिन्न बैंकिङ सूविधा प्रदान गरिरहेको छ ।
बैंकले हाल ८८ शाखा, १९ विस्तारित काउण्टर र तथा १२४ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL