Logo

कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, अन्तर बैंक भुक्तानीमा सहज

कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, अन्तर बैंक भुक्तानीमा सहज



काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच आरटिजिएस सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले आईपीएस÷कनेक्ट आईपीएस सुविधा अन्तरगत आरटिजिएस सुविधा प्राप्त गर्न सक्ने छन । जसबाट अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउनेछ । यस अघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग आरटिजिएस सम्झौता गरि सकेको छ ।

बैंकले ११४ शाखा तथा ६० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस, मोबाईल बैंकिङलगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL