Logo

राष्ट्र बैंकमा ३६ जनाको बढुवा, (सुचिसहित)

राष्ट्र बैंकमा ३६ जनाको बढुवा, (सुचिसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न सेवामा ३६ जना कर्मचारीको बढुवा गरेको छ । मंगलबार एक सुचना जारी गर्दै प्रशासन सेवातर्फको निर्देशक (अधिकृत प्रथम)मा ९ जना र प्रशासन सेवातर्फको उपनिर्देशक (अधिकृत द्वितीय)मा २७ जना कर्मचारीको बढुवा गरेको जानकारी दिएको हो ।

बैंकका अनुसार हाल उपनिर्देशक पदमा कार्यरत कर्मचारीहरुको नेपाल राष्ट्र बैंक, कर्मचारी सेवा विनियमावली २०६८ (तेस्रो संशोधन समेत) को विनियन ५३ अनुसार ९ जनालाई निर्देशक पदमा बढुवा गरिएको हो ।

त्यसैगरी उक्त विनियमावलीकै आधारमा अहिले सहायक निर्देशक पदमा कार्यरत २७ जनालाई उपनिर्देशक पदमा बढुवा गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL