Logo

राष्ट्र बैंकले २६ करोड ३१ लाख रुपैंया मुद्धती निक्षेप राख्ने, शुक्रबारसम्म आवदेन दिन आग्रह

राष्ट्र बैंकले २६ करोड ३१ लाख रुपैंया मुद्धती निक्षेप राख्ने, शुक्रबारसम्म आवदेन दिन आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकले एक बर्षिय मुद्धती निक्षेपको रुपमा २६ करोड ३१ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार एक २०७६ माघ एक गतेदेखि २०७७ पुस २९ गतेसम्मको लागि उक्त परिमाणमा रकम वित्तिय प्रणालीमा राख्न लागिएको हो ।

रकम लगानी गर्न चाहाने बैंक तथा फाईनान्स कम्पनीहरुले आफ्नो संस्थाले राख्न चाहेको रकम र व्याज समेत तोकेर यही शुक्रबार अपरान्ह एक बजेसम्म आवेदन दिनु पर्ने राष्ट्र बैंकले जनाएको छ । लगानी गरिने कुल रकम मध्येमा बाणिज्य बैंकहरुको लागि २१ करोड छ लाख, बिकास बैंकहरुको लागि तीन करोड ९४ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड ३१ लाख रुपैयाँ छु्ट्याईको छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानी गर्ने बैंक तथा बित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा दुई प्रतिसत भन्दा कम हुनुपर्ने, कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL