Logo

नेपाल ईन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष अग्रवालले गभर्नर समक्ष लिए पद तथा गोपनियताको शपथ

नेपाल ईन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष अग्रवालले गभर्नर समक्ष लिए पद तथा गोपनियताको शपथ



काठमाडौं । नेपाल ईन्फ्रास्ट्रक्चर बैंकको संचालक समितिको अध्यक्ष अनुज अग्रवालले सपथ लिएका छन । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापित बैंकका संचालक समितिको अध्यक्ष अग्रवालले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरंजीबि नेपालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।

laxmi

उक्त शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, कार्यकारी निर्देशक देवकुमार ढकाल निर्देशक गोविन्द नागिला समेतको उपस्थिती रहेको थियो । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट संचालक चन्द्रप्रसाद ढकाल, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव इश्वर बन्धु गौतमको उपस्थिती रहेको थियो ।

बैंकको संचालक समितिमा नेपाल सरकारबाट मनोनित रामशरण पुडासैनी छन भने अनुज अग्रवाल, चन्द्र प्रसाद ढकाल र लालमणि जोशी हालै सम्पन्न बैंकको प्रथम वार्षिक साधारण सभाबाट संचालकमा निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL