Logo

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रलाई १० लाख सहयोग

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रलाई १० लाख सहयोग



काठमाडौं । सिद्धार्थ बैंकले आइतबार बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र (CRDC) लाई दशलाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम, बैंकका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका कार्यकारी र चिकित्सा निर्देशक डा। विवेक बाँसकोटालाई एक समारोहका बीच प्रदान गरे ।

laxmi

अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र्रलाई बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया, फिजियोथेरापी तथा सहायक सामाग्री प्रदान गर्ने कार्यका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त सहयोग रकम प्रदान गरेको हो । यस कार्यक्रमबाट बारा र पर्सा जिल्लाका २०० अपाङ्ग बालबालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

सबै क्षेत्र र वर्गसम्मबैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटएिम र १,६०० भन्दा बढी िपीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL