Logo

प्रभु बैंकको शाखा सर्लाहीको बरहथवामा, शाखा संख्या २ सय पुग्यो

प्रभु बैंकको शाखा सर्लाहीको बरहथवामा, शाखा संख्या २ सय पुग्यो



काठमाडौं । प्रभु बैंकले सर्लाहीको बरहथवा नगरपालिका ७ स्थित बरहथवामा शाखा संचालनमा ल्याएको छ । उक्त विस्तारित शाखासँगै बैंकको शाखा संख्या २ सय पुगेको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन ।

laxmi

विस्तारित शाखाको उद्घाटन गर्दै प्रमुख महतोले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको स्थानहरुमा शाखा विस्तार गरी सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी सेवा प्रदान गरेकोमा बधाई ज्ञापन गरेका छन ।

बैंकको बरहथवा शाखा कार्यालयमार्फत गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले त्यस क्षेत्रका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले सेवा प्राप्त गर्न सक्ने छन ।

प्रतिक्रिया दिनुहोस्
MBL