Logo

बैंकलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत हुन राष्ट्र बैंकको निर्देशन, अध्यक्ष गोल्यान भन्छन्–अब सुचिकृत हुन्छौं

बैंकलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत हुन राष्ट्र बैंकको निर्देशन, अध्यक्ष गोल्यान भन्छन्–अब सुचिकृत हुन्छौं



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आनाकानी गरिरहेको बेला राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै अनिवार्य रुपमा सुचिकृत हुन निर्देशन दिएको छ ।

बैंकर्स संघले तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टसँग छलफल गरी आफुहरु पनि कोषमा आबद्ध हुने प्रतिवद्धता जाहेर गरेका थिए । तर विष्ट मन्त्री पदबाट हटेसँगै बैंकहरुले कोषमा आवद्ध हुनका लागि आनाकानी गर्दै आएका थिए ।

सरकारले साउन १ गतेदेखि नै औपचारिक रुपमका सामाजिक सुरक्षा कोष कार्यान्वयनमा ल्याएको भन्दै राष्ट्र बैंकले क, ख, ग र घ बर्गका बैंक तथा वित्तीय संस्थालाई सुचिकृत हुन निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशनसँगै आफुहरुले त्यसलाई पूर्ण रुपमा पालना गर्दै सामाजिक सुरक्षा कोषमा सुचिकृत हुने बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालका अध्यक्ष तथा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले जानकारी दिए ।

‘यस विषयमा हामीले सरकार लगायत सम्बन्ध सरोकारवाला निकायहरुसँग पटक पटक छलफल गर्दै आएका छौं,’ उनले भने, ‘सरकार तथा नियामक निकायको निर्देशनलाई हामीले नमान्ने भन्ने कुरा हुँदै अब तत्काल सुचिकृत हुनेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL