Logo

डेपुटी गभर्नर श्रेष्ठलाई दोषी ठहर गर्दै छानविन समितिले बुझायो प्रतिवेदन, १५ दिनपछि बर्खास्तीको तयारी

डेपुटी गभर्नर श्रेष्ठलाई दोषी ठहर गर्दै छानविन समितिले बुझायो प्रतिवेदन, १५ दिनपछि बर्खास्तीको तयारी



काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई दोषी ठहर गर्दै छानविन समितिले प्रतिवेदन पेश गरेको छ ।

डेपुटी गभर्नर माथी आर्थिक अनिमियता गरेको, एनसेललाई लाभांस लैजान दिएको, बैक सुपरिवेक्षणमा ढिलाई तथा त्रुटी गरेको आरोप लगाएर राष्ट बैंकका संचालक श्रीराम पौडलेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । उक्त समितिले डेपुटी गभर्नर श्रेष्ठलाई दोषी ठहर गर्दै राष्ट बैंक संचालक समिति समक्ष प्रतिवेद पेश गरेको हो ।

मंगलबार बेलुका छाविन समितिले राष्ट्र बैंक संचालक समितिलाई उक्त प्रतिवेदन बुझाएको हो । छाविन समितिले सो प्रतिवेदनमा श्रेष्ठमाथी लागेको आरोपहरु पुष्टी भएको समेत उल्लेख गरेको जानकारी दिएको छ ।

साथै सो प्रतिवेदनलाई बुधबार अर्थात आजै अर्थतन्त्रालयमा पेश गर्ने तयारी गरिएको समेत संचालक समितिका एक सदस्यले जानकारी दिए । साथै उनलाई उक्त आरोपको आधारमा बर्खास्ती गर्ने वा नगर्ने भन्ने अधिकार सरकारलाई भएको समेत ती सदस्यले जानकारी दिए ।

तर, उनले आर्थिक अनिमियतता गरेको तथा बैंक सुपरिवेक्षमै समस्या आएको भन्दै सरकारले छानविन समिति गरेर हटाउने प्रक्रियामा लगेको भन्दै उनलाई १५ दिनको समयदिएर बर्खास्ती गरिने निश्चित जस्तै भएको समेत स्रोतले जानकारी दिएको छ ।

प्रतिवेदन आएसँगै डेपुटी गभर्नर श्रेष्ठले स्पष्टीकरण पेश गर्नका लागि १५ दिनको समय पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL