Logo

अष्ट्रेलियामा खुल्दै ग्लोबल आईएमई बैंकको शाखा, आवश्यक तयारी थालिएको अध्यक्ष ढकालको उद्घोष

अष्ट्रेलियामा खुल्दै ग्लोबल आईएमई बैंकको शाखा, आवश्यक तयारी थालिएको अध्यक्ष ढकालको उद्घोष



काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले आफ्नो बैंकको शाखा अष्ट्रेलियामा पनि विस्तार गर्ने जानकारी दिएका छन । सिड्नीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अष्ट्रलियामा समेत बैंकको शाखा खोल्ने तयारी सुरु भएको बताएका हुन ।

laxmi

अष्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंंक उपयुक्त सहजकर्ता हुन सक्ने समेत उनको भनाई थियो । उनले गैर आवासीय नेपालीहरुको समेत लगानीमा निर्माण हुदै गरेको दोर्दी जलविद्युत आयोजना छिट्टै संचालनमा आउने पनि जानकारी दिएका छन ।

कार्यक्रममा बोल्दै उनले नेपालमा प्रदेश÷प्रदेशहरु र स्थानीय सरकारहरुबीच विकासमा प्रतिष्पर्धा पनि सुरु भएकाले लगानीका सम्भावनाहरु झन् बढेर गएको बताएका छन । आफ्नो समूहले चन्द्रागिरि केवलकार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात प्रदेशमा पनि निर्माण गर्न लागेको उक्त कार्यक्रममा उनले जानकारी दिएका छन ।

अन्तरक्रियामा गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष मन केसीले एनआरएनले पनि १० अर्ब रुपैयाँ बराबरको गैर आवासीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । उक्त कोष निर्माणसँगै नेपालमा गैर आवासीय नेपालीहरुको ठूलो तथा संयुक्त लगानी सुरु हुने उनले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी अन्य पदाधिकारीहरुले नेपालमा लगानीको वातावरण बनेको र मुनाफा सहजै फिर्ता ल्याउन सकिने हुनाले नेपालमा लगानी गर्न जोड गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL