Logo

प्रभु बैंक र गोर्खा सत्याग्रहबीच सम्झौता, गोर्खा सैनिकहरुलाई बैंकको सेवामा ५० प्रतिशत छुट

प्रभु बैंक र गोर्खा सत्याग्रहबीच सम्झौता, गोर्खा सैनिकहरुलाई बैंकको सेवामा ५० प्रतिशत छुट



काठमाडौं । प्रभु बैंक र गोर्खा सत्याग्रह समिति नेपालबीच ‘प्रभु स्पेशल सेभिङ खाता संचालन’ गर्ने सम्झौता भएको छ । सत्याग्रह समितिका अध्यक्ष कृष्णबहादुर राई र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले एक कार्यक्रमकाबीच सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सत्याग्रह समिति ब्रिटिश सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व गोर्खा सैनिकहरुको हितमा क्रियाशील रहेको गैरसरकारी संस्था हो । समितिले बैंकको कमलादी शाखामा आफ्नो नाममा खाता खोली कारोबार गर्ने गरि सो सम्झौता गरेको बैंकले जानकारी दिएको छ ।

साथै समितिका सदस्यहरुले बैंकको सम्पूर्ण शाखामा प्रभु स्पेशल सेभिङ खाता खोल्न सकिने ब्यवस्था मिलाईएको बैंकले जानकारी दिएको छ । समिति सदस्यहरुले बैंकमा खाता खोली ब्रिटिश सरकारबाट प्राप्त गर्ने पेन्सन रकम सिधै प्रभु बैंकमा रहेको सम्बन्धित खाताधनीको खातामा जम्मा हुने व्यवस्था मिलाईनेछ ।

ब्रिटिश सैनिक सेवामा कार्यरत तथा भुतपुर्व ब्रिटिस गोर्खा सैनिकहरुले शुन्य मौज्दातमा यो खाता खोल्न सक्नेछन् । हालको लागि वार्षिक ६ दशमलब ५ प्रतिशत ब्याज प्रदान गरिने उक्त खातामा बैंकको नियमानुसार ब्याजदर परिवर्तन हुन सक्नेछ ।

युपिआई कार्डको सेवा शुल्क (पहिलो वर्षको लागि मात्र) चेकबुक, एबिबिएस शुल्क, ब्यालेन्स सर्टिफिकेट, गुडफर पेमेण्ट शुल्क, बैंक स्टेटमेण्ट, चेक स्टप शुल्क तथा अनलाईन बैंकिङ दर्ता गर्दा लाग्ने सेवा शुल्क निःशुल्क प्राप्त हुनेछ ।

सम्झौता बमोजिम खाता खोल्ने ब्रिटिश सैनिकमा कार्यरत सैनिक तथा भुतपुर्व ब्रिटिश गोर्खा सैनिकहरुले लकर सेवा बापत लाग्ने शुल्क, ड्राफ्ट, ट्राभल कार्ड तथा मोबाईल बैंकिङ उपभोग गरे बापत लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL