Logo

कुमारी बैंकले बनाउने भयो नक्सालमा भवन, भूमिपूजन गरि भवन शिलान्यास

कुमारी बैंकले बनाउने भयो नक्सालमा भवन, भूमिपूजन गरि भवन शिलान्यास



काठमाडौ । कुमारी बैंक लिमिटेडले काठमाडौंको नक्साल स्थित आफ्नो भवन शिलान्यासको निम्ति भूमिपूजन गरेको छ । उक्त भूमिपूजन कार्यक्रम कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबराद्वारा वैदिक पूजामार्फत सम्पन्न गरेका छन् ।

पूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिति थियो ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११६ शाखा संजाल, ११० एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL