Logo

मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ५ गुणाले बढ्यो्, इन्टरनेट बैंकिङ प्रयोगकर्ता पनि बढे

मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ५ गुणाले बढ्यो्, इन्टरनेट बैंकिङ प्रयोगकर्ता पनि बढे



काठमाडौं । पछिल्लो समय नेपालमा मोबाइल र इन्टरनेट बैंकिङकाो प्रयोग बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मोबाइल बैंङ्किङ् प्रयोगकर्ताको सङ्ख्या २०७३ मा १७ लाख ५५ हजार रहेकोमा २०७६ सम्ममा करीब ५ गुणाले वृद्धि भई ८३ लाख ४७ हजार पुगेको छ ।

laxmi


यस अवधिमा इन्टरनेट बैँंङ्किङ् प्रयोगकर्ताको सङ्ख्या पाँच लाखबाट बढेर नौ लाख पुगेको छ । बैंँक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै यी संस्थामा निक्षेप र कर्जा खाताको सङ्ख्या उल्लेख्य बढ्दै गएको छ ।

२०७६ असार मसान्तमा वाणिज्य बैँंक, विकास बैंँक र वित्त कम्पनीमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको देखिन्छ । २०७५ असार मसान्तमा यस्तो सङ्ख्या १३ लाख एक हजार रहेको थियो ।

विसं २०७६ असार मसान्तसम्ममा वाणिज्य बैंँक, विकास बैंँक र वित्त कम्पनीमा खोलिएका व्यक्तिगत निक्षेप खाताको सङ्ख्या दुई करोड ७८ लाख ६७ हजार पुगेको छ । २०७५ असार मसान्तमा यस्तो सङ्ख्या दुई करोड ३५ लाख ४५ हजार रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL