Logo

बैंकमा लगानीयोग्य पूँजीको संकट, बैंकर भन्छन्–कर्जाको माग छ, तर पैसा छैन

बैंकमा लगानीयोग्य पूँजीको संकट, बैंकर भन्छन्–कर्जाको माग छ, तर पैसा छैन

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता (लगानी योग्य पूँजी) अभावको समस्या चालू आर्थिक बर्षमा पनि देखिन थालेको छ । चालु आवको पहिलो त्रैमासिकमा तरलताको खास समस्या नरहेपनि कात्तिकदेखि फेरी समस्या बल्झिन थालेको हो । यद्यपि साउनदेखि नै गतबर्षको तुलनामा निक्षेप संकलन तथा कर्जा प्रवाह केहि कम थियो । गत आवको तुलनामा निक्षेप संकलन स्थिर रहेपनि कर्जा प्रवाह भने ३० अर्बले घटेको छ । गत आवको पहिलो चौमासिकमा ९६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा यस बर्षको कात्तिकसम्म निक्षेप करिब उस्तै हुँदा १ खर्ब ४२ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम नहुँदा कर्जा प्रवाहमा गिरावट आएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । ‘अहिले पनि बैंकमा कर्जा मागको चाप उत्तिकै छ तर बैंकसँग लगानी गर्नका लागि पूँजी नै छैन,’ उनले भने, ‘निक्षेप संकलन सोचेअनुरुप नहुँदा माग अनुरुपको कर्जा प्रवाह गर्न सकिएको छैन ।’

बैंकहरुले पहिलो त्रैमासमा अघिल्लो आर्थिक बर्षको अन्त्यमा आएको निक्षेपबाट लगानी गरेपनि चालू आबका सोचेअनुरु निक्षेप संकलन नहुँदा कर्जा प्रवाह कठिन भएको शेरचन बताउँछन् । ‘अहिले प्रवाह भएको कर्जा गत आवको अन्तिम समयमा बजारमा आएको पैसा हो,’ उनले भने ।
नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारी पनि देशको अर्थतन्त्र चलायमान नहुँदा बजारमा निक्षेप घट्न गई माग अनुरुप कर्जा प्रवाह गर्न नसकिएको बताउँछन् । ‘बजारमा तरलता बढ्ने मुख्य स्रोत रेमिटान्स आप्रवाह घट्दा पूँजी परिचालनमा ठूलो समस्या देखिएको छ,’ उनले भने । न्यून पूँजीगत खर्च परिचालन, घरजग्गा कारोबार तथा सेयर बजार चलायमान नहुँदा पनि निक्षेपमा असर परेको उनको भनाई छ ।

खस्किदो व्यापार व्यवसाय तथा सेयर बजार र घरजग्गा कारोबारमा मन्दी आउँदा त्यसको प्रत्यक्ष असर निक्षेप संकलन पर्न गएको छ । यसैगरी पछिल्लो समय रेमिटान्स आप्रवाहमा आएको गिरावटले बजारमा असर परेको अधिकारीले जानकारी दिए ।

गत आवको पहिलो तीन महिनामा ३७.३ प्रतिशतले बढ्दै २ खर्ब ४२ रुपैयाँ रेमिटान्स भित्रिएकोमा चालू आवको सोही अवधिमा ४.९ प्रतिशतले घटेर २ अर्ब ३० अर्ब रुपैयाँ मात्र भित्रिएको छ । निक्षेप परिचालमा ठूलो टेवा दिँदै आएको रेमिटान्स आप्रवाहमा भएको गिरावट तथा देशभित्रै अन्य आर्थिक गतिविधि बढ्न नसक्दा बैंक तथा वित्तीयको निक्षेप संकलनमा असर पुगेको हो ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना भने निक्षेप संकलन तथा कर्जाको माग दुवैमा गिरावट आएको बताउँछन् । ‘अहिले सिमेन्ट तथा स्टिल उद्योगमा सुस्तता आएको छ भने भारतीय अर्थतन्त्रको प्रभाव पनि उत्तिकै परेको छ,’ उनले भने, ‘सार्वजनिक खरिद अनुगमन कार्यालयको नियमले गर्दा समयमै ठेक्का नलागेकाले पनि बजारमा कर्जाको माग घटेको हो ।’ सरकारको न्यून पूँजीगत खर्च परिचालनले गर्दा पनि बजारमा निक्षेप बढ्न नसकेको उनको दाबी छ । बैंकहरुसँग लगानीयोग्य पूँजी हुँदा पनि सोही अनुरुप उद्योग व्यवसाय नचल्दा कर्जाको मागमा कमी आएको बताउँछन् उनी ।
पछिल्लो समय देशमा सवारीसाधनको विक्रीमा आएको मन्दीले गत बर्षको तुलनामा कर्जा परिचालन कम भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए । कात्तिकमा दशैं तिहारजस्ता चाडपर्व परेकाले निक्षेप संकलन तथा कर्जा प्रबाह बढी हुन नसकेको उनको तर्क छ ।
ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली पछिल्लो समय निक्षेप संकलन तथा कर्जाको माग दुबैमा गिरावट आएको बताउँछन् । ‘अहिले बैंकमा निक्षेप संकलन पनि बढेको छैन भने कर्जाको माग पनि उत्साहजनक छैन,’ उनले भने, ‘अघिल्लो बर्षमा उद्योगी व्यवसायीमा उत्साह भएपनि अहिले बैंकको निक्षेप संकलन तथा कर्जाको माग हेर्दा निरास भएको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL