Logo

जनता र ग्लोबल आइएमई बैंकका ग्राहकलाई सुविधा, दुवै बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चल्ने

जनता र ग्लोबल आइएमई बैंकका ग्राहकलाई सुविधा, दुवै बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चल्ने



काठमाडौं । अब जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने भएको छ । जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्जर सम्बन्धि प्रस्ताब मंसिर २ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट पारित भइसकेको छ ।

laxmi

मर्जर पश्चात ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ । यहि मर्जर प्रक्रियालाई मध्यनजर गर्दै ग्राहकहरुको सुविधाका लागि यी दुबै बैंकहरुबाट जारी गरिएका कार्डहरु यी दुबै बैंकहरुका कुनै पनि एटीएममा चलाउँदा कुनै शुल्क नलाग्ने जनता बैंकले जारी गरेको विज्ञप्तिमा छ ।


मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुने गरी तयारी भरहेको छ । करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ । मर्जर पश्चात बन्ने ग्लोबल आइएमई बैंक चुक्ता पूँजी करिव १९ अर्ब, निक्षेप रु. २ खर्ब १३ अर्ब, कर्जा रु. १ खर्ब, ९४ अर्ब भएको सवल र सक्षम बैक बन्ने विश्वास लिईएको विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL