Logo

ग्लोवल आइएमईको बैतडीमा २ शाखासहित बैंकिङ संचालनमा, सक्षम एक्सेससँग सहकार्य

ग्लोवल आइएमईको बैतडीमा २ शाखासहित बैंकिङ संचालनमा, सक्षम एक्सेससँग सहकार्य


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

३ असार, काठमाडौं । ग्लोबल आइएमई बैंकले  विहीबारदेखि देखि बैंतडी जिल्लाको देहिमाण्डु गाविस र सलेना गाविसमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा एकै दिन २ वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

बैतडी जिल्लाको देहिमाण्डुमा खोलिएको सेवाको उद्घाटन देहिमाण्डु बजार व्यवस्थापन समितिका अध्यक्ष तेज बहादुर बोहोराले गरेका थिए भने सलेनामा खोलिएको सेवाको उद्घाटन सलेनाका गाविस सचिव कुबेर बहादुर चन्दले गरेका थिए ।

बैंकिङ सेवा उपभोग गर्न टाढा सम्म धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकले शाखारहित बैंङसेवा सञ्चालन गरेको भन्दै सलेना र देहिमाण्डुका स्थानिय बासिन्दाले खुसी व्यक्त गरेका छन् । बैंकले देहिमाण्डुमा सुरु गरेको सेवा सञ्चालनका लागि सूर्य कुमार बोहोरा र सलेनामा सुरु गरेको सेवाको लागि प्रकाश जोशीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लागायतका सुबिधा रहेका छन् । ग्लोबल आइएमई बैंकले बैंकिङ सेवा पुग्न नसकेका स्थानहरुमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट आधारभुत बंैकिङ सेवा पुर्याउदै आएको छ । ग्लोबल आइएमई बैंकले ८५ शाखा, ९० एटिएम र ३५ शाखारहित बैंकिङद्धारा ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL