Logo

सिटिजन्सको थप ५० लाख आर्थिक सहयोग, सहयोग रकम डेढ करोड पुग्यो

सिटिजन्सको थप ५० लाख आर्थिक सहयोग, सहयोग रकम डेढ करोड पुग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ जेठ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशमा गएको महाभुकम्पका पीडितहरुलार्ई १ करोड रुपैयाँ र्आिर्थक सहायता प्रदान गर्ने घोषणा गरेको थियो । यस अघि बैंकले प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ राखेकोमा हाल थप ५० लाख रुपैयाँ प्रदान गरेको छ ।

बैंकले यस अघि ५० लाख रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा गर्ने र बाँकी ५० लाख रुपैयाँ बरावरकोे राहत सामग्री बैंक आफैले भूकम्प पीडितहरुलाई उपलब्ध गराउने निर्णय गरेका थियो तर, हाल राहत कोषमै १ करोड रुपैयाँ जम्मा गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकका अध्यक्ष बालकृष्ण प्रसाईले एक कार्यक्रमबीच प्रधानमन्त्री सुशील कोइरालाज्यूलाई चेक हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL