Logo

सेञ्चुरीको विरगंज शाखा स्थानान्तरण, नयाँ भवन खोजिँदै

सेञ्चुरीको विरगंज शाखा स्थानान्तरण, नयाँ भवन खोजिँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१९ जेठ, काठमाडौं । सेञ्चुरी बैंकले विरगंज स्थित आफ्नो शाखा स्तान्तरण गरेको छ । बैंशाख १२ गते आएको महाभुकम्पबाट तत्कालिन शाखा क्षतिग्रस्त भएकाले स्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकको विरगंज नगरपालिका वडा नं. १३ आदर्शनगरमा रहेको शाखालाई सोही नगरपालिकाको बडा नं ५ आदर्शनगरमा स्थानान्तरण गरेको छ ।

साथै, बैंकले आगामी दिनमा सोही स्थानमा शाखा कार्यालय संचालनका लागि नयाँ भनव खोजिरहेको समेत जानकारी दिएको छ ।

बैंकले आर्थिक वर्ष २०७१÷७२ को चैत मसान्त सम्म यस कुल २३ अर्ब ४२ करोड निक्षेप संकलन गरी २० अर्व ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले २० करोड ९१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

बैंकले हालसम्ममा ३१ वटा शाखा, २५ वटा एटीएम, ९ वटा शाखारहित बैंकिङ र एउटा एक्सटेन्सन् काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL