Logo

तोकियो बैंक तथा वित्तीय संस्थाको सिईओ र संचालकको उमेर, यस्तो छ उमेरहद

तोकियो बैंक तथा वित्तीय संस्थाको सिईओ र संचालकको उमेर, यस्तो छ उमेरहद



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत र संचालकहरुको उमेरहद तोकेको छ । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशक जारी गर्दै उमेरहद तोेकेको हो ।

laxmi

राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार संचालकहरु ७४ र प्रमुख कार्यकारी अधिकृतले ६९ बर्षसम्म मात्र सिईओ हुन पाउने छन् ।

जस अनुसार बैंक तथा वित्तीय संस्थाको संचालकको लागि ७० वर्षको भएको व्यक्ति कसनै पनि वित्तीय संस्थाको संचालकमा चयन वा पुनः नियुक्ती हुन पाउने छ । तर, ७० बर्ष नाघेको व्यक्ति भने पुन संचालक हुन पाउने छैन ।

यसैगरी ६५ बर्ष भएका व्यक्तिमात्र प्रमुख कार्यकारी पदमा नियुक्त हुन पाउने छन् । तर कुनै व्यक्ति हाल बाहल रहँदा ६९ बर्ष उमेर भन्दा माथी भएमा सिईओ पद छाडन्पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL