Logo

नेपाल बैंकको नाफा २ करोड ३३ लाख घट्यो, कर्मचारी खर्च र विनिमय घाटा मूल कारण

नेपाल बैंकको नाफा २ करोड ३३ लाख घट्यो, कर्मचारी खर्च र विनिमय घाटा मूल कारण


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१५ जेठ, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा नेपाल बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा २ करोड ३३ लाख ८० हजार रुपैया घटेको छ ।

गत चैत मसान्तसम्ममा बैंकले ३६ करोड ६ लाख ५८ हजार खुसद मुनाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा ३८ करोड ४० लाख ३८ हजार थियो । विदेशी विनिमयमा निकै ठूलो नोक्सानी बेहार्नुपरेको र कर्मचारी खर्चमा भएको भारी बृद्धिका कारण बैंकको नाफा घटेको हो ।

बैंकले गत वर्षको तुलनामा कर्मचारी खर्च १७ करोड ८२ लाख बढाएर १ अर्ब ७० करोड ४४ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै यस अवधिमा बैंकले विदेशी विनिमय कारोबारमा करीब १० करोड ८५ लाख घाटा बेहोरेको छ । गत वर्षको सोही अवधिमा बैंकले विदेशि विनिमय कारोबारबाट ११ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

बैंकले खराब कर्जाको दर थोरै घटाएर ४ दशमलव ४८ प्रतिशतमा झारेको छ भने कर्जा निक्षेप अनुपात १० दशमलव ४ प्रतिशत विन्दु बढाएर ६८ दशमलव ७५ प्रतिशत पुर्याएको छ । यस अबधिमा बैंकको पूँजीकोष लागत घटे पनि चुक्ता पूँजीमा भएको भारी बृद्धिले औसत प्रतिलब्धी दर गत वर्षको तुलनामा कम भएको छ । बैंकले यस अवधिमा ६८ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ५८ करोड ४२ लाख कर्जा लगानी गरेको छ । बैंकले गतवर्षको तुलनामा सञ्चित घाटा करीब ८० करोड रुपैयाँले घटाएर २ अर्ब ७५ करोड ७२ लाखमा झारेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL