Logo

कपिलवस्तुको चन्द्रौटामा प्रभु बैंकको शाखा, प्राथमिकतामा सरल बैंकिङ सेवा

कपिलवस्तुको चन्द्रौटामा प्रभु बैंकको शाखा, प्राथमिकतामा सरल बैंकिङ सेवा



काठमाडौं । प्रभु बैंकले कपिलवस्तु जिल्लामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । संघीय संरचना बमोजिम विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्दै आएको प्रभ बैंकले कपिलवस्तुको शिवराज नगरपालिको चन्द्रौटामा नयाँ शाखा संचालनमा ल्याएको हो ।

कार्यक्रमका प्रमुख अतिथी अधिकारीले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्गसेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै चन्द्रौटा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।

चन्द्रौटा शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

सो शाखाको शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले उद्घाटन गरेका हुन् । कार्यक्रममा कपिलवस्तु जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ कपिलवस्तुका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL