Logo

हिमालयन बैंकको शाखा जनकपुरधाममा, शाखा संख्या ५८ पुग्यो

हिमालयन बैंकको शाखा जनकपुरधाममा, शाखा संख्या ५८ पुग्यो



काठमाडौं । हिमालयन बैंकले जनकपुरधाममा आफ्नो नयाँ शाखा कार्यालय संचालन गरेको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो ५८ औं शाखा कार्यालय जनकपुरधाम उपमहानगरपालीका— १, स्टेशनरोडमा मिति संचालनमा ल्याएको हो ।

उक्त शाखाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले एक समारोहका बीच उद्घाटन गरेका हुन । बैंकले तेस्रो त्रयमासको अन्त्यसम्ममा १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरि कर्जा सापटको रुपमा उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ ।

बैंकले चालू वर्षको ९ महिनामा २ अर्ब ८६ करोड ५४ लाख संचालन मुनाफा आर्जन गरेको छ । हाल बैंकको एटिएम संख्या १ सय १५ र विप्रेषण भुक्तानी काउन्टर १३ हजार ५ सय भन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL