Logo

सिटिजन्स बैंक र भाटभटेनी मनी ट्रान्सफर बिच सम्झौता, बैंकका शाखा मार्फत रेमिट सेवा

सिटिजन्स बैंक र भाटभटेनी मनी ट्रान्सफर बिच सम्झौता, बैंकका शाखा मार्फत रेमिट सेवा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भाटभटेनी मनी ट्रान्सफरबीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पछि भाटभटेनी मनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका सम्पूर्ण शाखा मार्फत प्राप्त गर्न सकिने छ । बैंकले ८१ शाखा, ७६ एटिएम र ९९ शाखा रहित बैंकिङ एकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL