Logo

एनआईबीएलको शाखा सुनसरीको देवानगंजमा, शाखा संख्या ८० पुग्यो

एनआईबीएलको शाखा सुनसरीको देवानगंजमा, शाखा संख्या ८० पुग्यो



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले सुनसरीको देवानगंज गाँउपालिकामा शाखा विस्तार गरेको छ ।

laxmi

देवानगंज गाँउपालिका २ देवानगंज बजारमा खोलिएको उक्त शाखासँगै बैंकले केही समयमा नै एटिएम सेवा समेत संचालनमा ल्याउने भएको छ ।

गाँउपालिकाको उपाध्यक्ष पुनिता देवी यादवले उक्त शाखाको उद्घाटन गरेसँगै सेवा संचालनमा आएको छ ।

बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ शाखा संचालनमा ल्याएको छ । साथै बैंकले १ सय १२ एटिएम तथा १३ एक्सटेन्सन काउन्टर, १० राजश्व संकलन केन्द्र, ५१ शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL