Logo

मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा

मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा



काठमाडौं । मेगा बैंक नेपाल र एसियन लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । बैंकले बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले कम्पनीसँग उक्त सम्झौता गरेको हो ।

laxmi

बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौतासँगै बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीको जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधाहरु प्राप्त गर्न सकिने भएको छ ।

बैंकले १ सय २ शाखा मार्फत कम्पनीको जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायतका सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL