GBIME

सनराईज बैंकको सामाजिक उत्तरदायित्व, नवजीवन परोपकार समाजलाई आर्थिक सहयोग


बिजखबर संवाददाता
9 May, 2019 12:09 pm

काठमाडौं । सनराइज बैंकले नवजीवन परोपकार समाजलाई आर्थिक सहयोग गरेको छ । बैंकले सडक तथा असहाय व्यक्तिहरुको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैर सरकारी संस्थालाई बिहीबार एक कार्यक्रमका बीच २ लाख ५० हजार रुपैयाँ नगद सहयोग गरेको हो ।

Laxmi
NABIL
Yamaha

सनराइज बैंकको प्रधान कार्यालयमा भएको एक कार्यक्रममा नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल तथा बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सडकपेटीमा अलपत्र परेका बृद्धबृद्धा, बालबालिका तथा विभिन्न अस्पतालहरुमा रहेका बेवारिसे अवस्थाका बिरामीहरुका लागि मनमैजु खुलाटार, तारकेश्वर नगरपालिका वडा नं. ७ काठमाडौंमा नवजीवन आदर्श आश्रम निर्माण गर्न यस बैंकले नवजीवन परोपकार समाजलाई सहयोग रकम हस्तान्तरण गरेकोे हो ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

NTC
MBL