Logo

एनआईसी एशिया र खल्तीको नयाँ अफर, बैंकको कार्डबाट ‘खल्ती’मा पैसा राख्दा १० प्रतिशत बोनस

एनआईसी एशिया र खल्तीको नयाँ अफर, बैंकको कार्डबाट ‘खल्ती’मा पैसा राख्दा १० प्रतिशत बोनस



काठमाडौं । राष्ट्रिय आईसीटी दिवस २०१९ मा खल्ती र एनआईसी एशिया बैंकले एक विशेष बोनस अफर सार्वजनिक गरेका छन । उक्त अबसरमा एनआईसी एशिया बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती वालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राप्त गर्ने अफर सार्वजनिक गरेका हुन ।

laxmi

योजना बीहीबार एक दिनको लागि मात्र लागु हनेछ । बैंकद्वारा जारी गरिएका कार्डहरू मार्फत आफ्नो खल्ती खाता लोड गर्दा प्रयोगकर्ताहरूले तुरुन्तै बोनस रकम पाउनेछन् । प्रयोगकर्ताले यसरी प्राप्त गर्ने बोनस रकम अधिकतम १ हजरा रुपैयाँ (कर सहित) मात्र हुनेछ ।

प्रत्येक खल्ती प्रयोगकर्ताले यो योजनामा दिनभरमा एकपटक मात्र सहभागी हुन सक्नेछन् । यसरी प्राप्त गरिएको बोनस खल्ती डिजिटल वालेटमा उपलब्ध कुनैपनि प्रकारको डिजिटल भुक्तानी सेवामा प्रयोग गर्न सकिनेछ ।

यसका अतिरिक्त, एनआईसी एशिया बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ सेवामा अनलाइन दर्ता सुविधा समेत खुला गरेको छ । ग्राहकहरु जसले मोबाइल बैंकिङ्ग सेवा लिएका छैनन्, उनीहरुले अनलाईनबाटै मोबाइल बैंकिङको लागि साइनअप गरी युजरनेम र पासवर्ड प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL