Logo

मातातीर्थ औंशीमा मेगा बैंकको विशेष अफर, कार्डमार्फत सपिङ गरे १० प्रतिशतसम्म छुट

मातातीर्थ औंशीमा मेगा बैंकको विशेष अफर, कार्डमार्फत सपिङ गरे १० प्रतिशतसम्म छुट



काठमाडौं । मेगा बैंकले मातातीर्थ औंशीको अवसर पारेर ग्राहकहरुलाई विशेष अफर सार्वजनिक गरेको छ । बैंकले उक्त अवसरमा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकहरुलाई विशेष अफर ल्याएको हो ।

laxmi

उक्त अफरमार्फत फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ (कार्ड) मार्फत सपिङ गर्ने ग्राहकहरुलाई बैंकले १० प्रतिशतसम्मको छुट वा बढीमा १ हजार रुपैँया छुटको व्यवस्था गरेको छ ।

उक्त अफर बैशाख १५ गते आइतबारदेखि मातातीर्थ औंशीका दिन बैशाख २१ गते शनिबारसम्म रहनेछ । साताब्यापी अफरबाट लाभ लिन बैंकले ग्राहकवर्गलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL