Logo

महालक्ष्मी लाईफ र देवः विकास बैंकबीच सम्झौता, बैंकबाटै बीमा सेवा

महालक्ष्मी लाईफ र देवः विकास बैंकबीच सम्झौता, बैंकबाटै बीमा सेवा



काठमाडौं । महालक्ष्मी लाईफ ईन्स्योरेन्स र देवः विकास बैंकबीच एक सम्झौता भएको छ । बुधबार एक कार्याक्रमका बीच बैंकमार्फत जीवन विमा सेवा दिने सम्बन्धी सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौता अनुसार देवः विकास बैंकका हरेक शाखाबाट महालक्ष्मी लाईफ ईन्स्योरेन्सको जीवन बीमा योजनाहरु सर्वसाधारणलाई उपलब्ध हुनेछन । कम्पनीले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गरेको छ ।

कम्पनीले २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गर्दै काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर ,सुर्खेत, दाङ्ग, धनगढी, बिर्तामोड, वानेश्वर, पेप्सीकोला, ललितपुर, कलंकी, हात्तीगौडा, चाबहिल र सामाखुशी बाट कारोबार प्रारम्भ गरिसकेको छ ।

सम्झौतामा देव विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL