Logo

हामाको खराब कर्जा २२ बाट ४ प्रतिशतमा झर्यो, तरलता १०७ प्रतिशत

हामाको खराब कर्जा २२ बाट ४ प्रतिशतमा झर्यो, तरलता १०७ प्रतिशत


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ वैशाख, काठमाडौं । हामा मर्चेण्ट एण्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्र्षको पहिलो ९ महिनासम्ममा २ करोड ५१ लाख ८७ हजार रुपैया खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १ करोड ३४ लाख १६ हजार (१ सय १४ प्रतिशत) बढी हो ।

फाइनान्सले खराब कर्जाको दर झण्डै १८ प्रतिशत विन्दुले घटाएपछि नाफामा उच्च सुधार देखिएको हो । खराब कर्जाको दर घटाउन बैंक व्यवस्थापन जति सफल भएको छ, तरलता व्यवस्थापन गर्न त्यति नै असफल देखिन्छ । फाइनान्सले गत वर्ष ७५ प्रतिशत रहेको कर्जा निक्षेप अनुपातलाई घटाएर ४१ दशमलव १३ प्रतिशतमा झारेको छ ।

७९ प्रतिशत पूँजी पर्याप्तता अनुपात कायम राख्नु र तरलता अनुपात १ सय ७ प्रतिशत पुर्याउनु कम्पनीको वित्तीय स्वास्थ्यका लागि निकै डरलाग्दो पक्ष हो । अहिले कम्पनीले खराब कर्जा उठाउन मात्रै ध्यान दिएको देखिन्छ । अब कर्जा प्रवाहमा ध्यान केन्द्रीत गर्न बैंक व्यवस्थापनले पाउने सफलताले आउँदा दिनमा कम्पनीको वित्तीय स्वास्थ्य कस्तो हुन्छ भनेर अनुमान गर्न सकिने अवस्था छ ।

बैंकले राइटब्याक बढाएर सञ्चित कोषलाई पनि बढाइरहेको देखिन्छ । खराब कर्जाको दर ४ दशमलव २ प्रतिशतमा झरिसकेको र वित्तीय प्रणालीमा तरलता घट्दै गएको अवस्थामा फाइनान्ससँग लगानी गर्ने निकै राम्रो अवसर पनि छ । व्याजदर बढ्दन थालेको अवस्थामा फाइनान्सले कर्जा विस्तार गर्न सके आउँदा दिनमा राम्रो मुनाफा हात पार्न सक्छ । कम्पनीले हालसम्म २३ करोड ७६ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी २० करोड ४३ लाख ७३ हजार कर्जा प्रवाह गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL