Logo

यतिको सञ्चित घाटा र खराब कर्जा बढ्यो, प्रतिसेयर आम्दानी ४ रुपैयाँ

यतिको सञ्चित घाटा र खराब कर्जा बढ्यो, प्रतिसेयर आम्दानी ४ रुपैयाँ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० वैशाख, काठमाडौं  । यति डेभेलमेण्ट बैंकले यस चालू आवको तेस्रो त्रैमाससम्ममा ५ करोड ६० लाख ९४ हजार रुयैयाँ नाफा कमाएको छ ।

गत वर्षको सोही अवधिमा बैंकको वासलात ३५ करोड १० लाख ४९ हजार खुद घाटामा थियो । बैंकले वासलातलाई केही धनात्मक बनाएको भए पनि सञ्चित घाटा भने गत वर्षको तुलनामा करीब ७४ करोड १७ लाख बढेर ४२ करोड ३२ लाख रुपैयाँ नाघेको छ ।

पुरानो खराब कर्जा उठेको देखिए पनि निष्कय कर्जाको दर अझ बढेर १३ दशमलव ५३ प्रतिशत पुगेको छ । बैंकले प्रोभिजनमा समेत पर्याप्त रकम राख्न सकेको छैन । कुल निष्कृय कर्जाको ९० दशमलव ६५ प्रतिशत मात्रै प्रोभिजनिङ गरेको बैंकद्वारा प्रकाशित वित्तीय विवरणमा देखिन्छ ।

कर्जा निक्षेप अनुपात ७४ दशमलव ७२ प्रतिशत छ । बैंकको शेयरमा अहिले लगानी गर्दा यही अनुपातमा नाफा बढ्ने हो भने लगानी उठाउन साढे ३३ वर्ष लाग्ने देखिन्छ । बैंकको प्रति सेयर आम्दानी जम्मा ४ रुपैयाँ ५ पैसा छ भने प्रति शेयर खुद सम्पत्ती ६९ रुपैयाँ ४७ पैसा छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL