Logo

गरिमाको नाफा १० करोड पुग्यो, ब्याज आम्दानीमा ४० प्रतिशत बृद्धि

गरिमाको नाफा १० करोड पुग्यो, ब्याज आम्दानीमा ४० प्रतिशत बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

विजखबर संवाददाता

९, वैशाख । गरिमा विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड ९८ लाख ४३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो चुक्ता पूँजीको १७ दशमलव ९६ प्रतिशत हो । बैंकले खुद व्याज आम्दानीको आकार ४० दशमलव ५१ प्रतिशत बढाएर २१ करोड १४ लाख १० हजार पुर्याएपछि खुद नाफा बढ्न सहयोग पुगेको देखिन्छ ।

गत वर्षको तुलनामा कर्जा निक्षेप अनुपात २ प्रतिशत विन्दुभन्दा धेरैले बढाएपछि प्रोभिजनमा केही रकम थप्नु परे पनि बैंकको व्याज आम्दानीमा राम्रो सुधार भएको देखिन्छ ।

बैंकले सञ्चित कोषमा पनि करीब ६ करोड रुपैयाँ थपेर १७ करोड ४७ लाख पुर्याएको छ । बैंकले यो आवको पहिलो ९ महिनासम्ममा ४ अर्ब ८२ करोड ६० लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३९ करोड ८४ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL