Logo

शाइन रेसुङ्गाको नाफा १३ करोड, खराव कर्जा घट्यो

शाइन रेसुङ्गाको नाफा १३ करोड, खराव कर्जा घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

८ बैशाख, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले चालू आवको चैत मसान्तसम्ममा कुल १३ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो । बैंकले गत आवको सो अवधिमा १० करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले सो अवधिमा ५ अर्व ५९ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५ अर्व ११ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले सो अवधिमा व्याजदर अन्तर कम गरेर ६ दशमलव ३० प्रतिशतमा झारेको छ ।

सो अवधिमा बैकको खराव कर्जा उठेपछि नाफामा बृद्धि भएको छ । बैंकको खराव कर्जा घटेर कुल कर्जाको जिरो दशमलव ८८ प्रतिशतमा भरेको छ । यस्तै बैंकको संचालन नाफामा पनि ४ करोड रुपैयाँभन्दा बढीले बृद्धि भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL