Logo

सिद्धार्थको नाफा ३ गुणा बढ्यो, निष्कृय कर्जादरमा कटौंती

सिद्धार्थको नाफा ३ गुणा बढ्यो, निष्कृय कर्जादरमा कटौंती


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ बैंशाख, काठमाडौं । निष्कृय कर्जाको दर भारी कटौति गरेपछि सिद्धार्थ डेभेलपमेण्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा रकम गत वर्षकोभन्दा करीब तेब्बर बनाएको छ ।

गत वर्षको तुलनामा बैंकको निष्कृय कर्जा ४ दशमलव ५४ प्रतिशत विन्दुले घटेको छ । यसकारण गत वर्ष ३० लाख ८१ हजार रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष ९ करोड २७ लाख १५ हजार नाफा आर्जन गरेको हो ।

साथै गत वर्षको सोही अवधिसम्म करीब २ करोड ३० लाख सञ्चित घाटामा रहेको बैङ्कले यो वर्ष सञ्चित कोष १३ करोड रुपैयाँ धनात्मक बनाएको छ ।

बैंकले हालसम्म ६ अर्व ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी करिव ५ अर्व रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL