Logo

सिटिजन्सको नाफा १५ करोडले बढ्यो, व्याज आम्दानी र गैरसंचालन नाफामा बृद्धि

सिटिजन्सको नाफा १५ करोडले बढ्यो, व्याज आम्दानी र गैरसंचालन नाफामा बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ बैशाख, काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनलले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४५ करोड ७८ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अबधिको तुलनामा १५ करोड ३८ लाख रुपैयाँले बढी हो । बैंकले गत अवाको सो अवधिमा कुल ३० करोड ४० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकको व्याज आम्दानी र गैर संचालन आय बढेको तथा खराब कर्जा उठेपछि बैंकको नाफा बढेको हो । बैंकले गत वर्षको तुलनामा राइट व्याक दोब्बरभन्दा बढीले बृद्धि गरेको छ ।

यस्तै, बैंकको खराजकर्जा घटेर कुल कर्जाको १ दशमलव ७९ प्रतिशतमा झरेको छ । बैंकको कर्जा निक्षेप अनुपात पनि घटेको छ । गत अवाको सो अवधिमा बैंकको सीडी रेसियो ७७ दशमलव ६३ प्रतिशत रहेकोमा चालू आवको साही अवधिमा आइपुग्दा ७५ दशमलव ७५ प्रतिशतमा झरेको छ । बैंकको व्याजदर अन्तर घटेर ४ दशमलव ४७ प्रतिशतमा झरेको छ । यो गत वर्षको तुलनामा १ दशमलव ५६ प्रतिशत विन्दुले कमि हो ।

बैंकले हालसम्म ३४ अर्व ७९ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २८ अर्व ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL