Logo

सेञ्चुरी बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकमार्फत बीमा सेवा

सेञ्चुरी बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकमार्फत बीमा सेवा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र एशियन लाइफ इन्स्योरेन्स बीच एक सम्झौता भएको छ । बैंकले उक्त ईन्सुरेन्स कम्पनीसँग संस्थागत अभिकर्ताको लागि सम्झौता गरेको हो ।

सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने छन ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL