Logo

एभरेष्टले ल्यायो प्राकृतिक ताल समावेश क्यालेण्डर, पर्यटन सचिवले गरे विमोचन

एभरेष्टले ल्यायो प्राकृतिक ताल समावेश क्यालेण्डर, पर्यटन सचिवले गरे विमोचन


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

२४ चैत, काठमाडौं । एभरेष्ट बैंकले २०७२ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयमा भएको एक औपचारीक कार्यक्रममा पर्यटन सचिव श्री सुरेश मान श्रेष्ठले सो कयालेण्डरको विमोचन गरेका थिए । सो कार्यक्रममा मन्त्रालयका उच्च अधिकारी तथा बैंकको उच्च पदस्थ कर्मचारीहरुको पनि उपस्थिती थियो ।

एभरेष्ट बैंकले निरन्तर रुपमा बिभिन्न सांस्कृतिक महत्व झल्कने खालका बिषयबस्तु समेटेर आफ्नो क्यालेण्डर बनाउदै आएको छ । यस पटक भने नेपालको बिभिन्न प्राकृतिक तालहरुलाई आफ्नो बिषयबस्तु बनाएको छ ।

उक्त कार्यक्रममा सचिव श्रेष्ठले एभरेष्ट बैंकले देशको संस्कृति र पर्यटन जगेर्ना तर्फ देखाएको भन्दै प्रशंसा गरे । साथै बैंकको यस्ता प्रयासलाई अरुले पनि उदाहरणको रुपमा लिनु पर्ने बताए ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले एके अहलुअलियाले आफ्नो देशको संस्कृति र पर्यटनको सम्बद्र्धन गर्नु हरेक संस्थाको कर्तब्य रहेको बताउँदै संस्थागत सामाजिक उत्तरदायित्वमा सदैव सम्बेदनशिल रहेको बताए । साथै बैंकले भविश्यमा पनि यस्तो प्रयास जारी राख्ने जानकारी दिए ।

बैंकले हाल ५३ वटा शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले एसियन पेन्टस् न्युबिज ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३’ का साथै आर्थिक वर्ष २०६८/०६९मा ‘वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता’ को सम्मान समेत प्राप्त गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL