Logo

जनता बैंक र नेपाल नेत्रज्योती संघबिच सम्झौता, दुर्गम क्षेत्रमा निशुल्क आँखा शिविर संचालन गर्ने

जनता बैंक र नेपाल नेत्रज्योती संघबिच सम्झौता, दुर्गम क्षेत्रमा निशुल्क आँखा शिविर संचालन गर्ने



काठमाडौं । जनता बैंक र नेपाल नेत्रज्योती संघबीच एक सम्झौता भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत चालु आर्थिक बर्षमा देशको दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरि निःशुल्क आँखा शिविर संचालन गर्ने विषयमा सम्झौता गरेको हो ।

सम्झौता अनुसार शिविरमा मोतिबिन्दुको अपरेशन गर्नु पर्ने विरामीको निःशुल्क अपरेशन गर्नुको साथै आवश्यक औषधी तथा चश्मा वितरण गरिने छ ।

यस बर्ष रसुवा, रामेछाप, रोल्पा र हुम्लामा स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य शिविरमा आँखा उपचारको साथै स्त्री तथा प्रसूति रोगसँग सम्बन्धि बिरामीको परिक्षण गर्नुको साथै आङखस्ने समस्या भएका महिलाहरुको निःशुल्क अपरेशनको समेत व्यवस्था मिलाइने बैंकले जानकारी दिएको छ ।

उक्त सम्झौतापत्रमा जनता बैंक नेपालका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा तिर्थप्रसाद मिश्रले संझौता पत्र आदान प्रदान गरेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL