Logo

सानिमा ईन्स्योरेन्स र एनआईसी एशियाबीच सम्झौता, एनआईसीले सानिमाको बीमा पोलिसी बेच्ने

सानिमा ईन्स्योरेन्स र एनआईसी एशियाबीच सम्झौता, एनआईसीले सानिमाको बीमा पोलिसी बेच्ने



काठमाडौं । एनआईसी एशियाले सानिमा ईन्स्योरेन्स सँग बैंकान्स्योरेन्स सम्झौता गरेको छ । मंगलबार बैंकले कम्पनीसँग बैंकिङ सेवा प्रदान गर्नका लागि उक्त सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २ सय ६६ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र इन्स्योरेन्स कम्पनीको तर्फबाट नायब प्रबन्ध निर्देशकसुबोध लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL