Logo

कृषि विकास बैंकले माग्यो सिईओ, यस्ता छन् आवेदन दिने प्रक्रिया

कृषि विकास बैंकले माग्यो सिईओ, यस्ता छन् आवेदन दिने प्रक्रिया



काठमाडौं । कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ)को लागि आवेदन माग गरेको छ । बैंकका सिईओ लीलाप्रकाश सिटौलाको कार्यकाल सकिन लागेपछि बैंक संचालक समितिले नयाँ सिईओ नियुक्तीका लागि आवेदन माग गरेको हो ।

बैंकले मंसिर २३ गतेसम्म आवेदन दिन सकिने गरी आवेदन माग गरेको हो । सो पदमा आवेदन दिन व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्यशास्त्र, व्यापार, प्रसाशन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनु पर्नेछ ।

तर, चार्टर्ड एकाउन्टेन्टले भने उक्त विषयमा स्नातक गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संघठित संस्था, विश्व विद्यालय तथा त्यस्तो निकायमा अधिकृत वा त्यसभन्दा माथिल्लो तहमा रहेर कम्तिमा पनि १० वर्ष काम गरेको अनुभव हुनु पर्नेछ ।

उक्त पदमा आवेदन दिने व्यक्तिले ५ हजार शब्दमा नबढ्ने गरी व्यावसायिक कार्ययोजना सहित आवेदन पेश गर्नुपर्ने छ । तर, आवेदन दिँदा कुनै पनि राजनितिक संघठनमा आवद्ध नरहेको प्रमाणित गर्नु पर्नेछ भने त्यस्तै भ्रष्टाचार तथा फौजदारी अभियोग नलागेको प्रामाण समेत पेश गर्नु पर्नेछ ।

बैंकले सिईओको मासिक औषत तलब २ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL