Logo

कृषि विकास बैंकको नेपालगन्ज पिपरी शाखाको समुद्घाटन, कृषि क्षेत्रलाई विषेश जोड दिने

कृषि विकास बैंकको नेपालगन्ज पिपरी शाखाको समुद्घाटन, कृषि क्षेत्रलाई विषेश जोड दिने



काठमाडौं । बाँके जिल्लाको पिपरीमा रहेको शाखा पिपरीको औपचारिक रुपमा कृषि विकास वैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायवाट समुदघाटन सम्पन्न भएको छ ।

सर्वसाधारणहरुको व्यापक सहभागीता रहेको उक्त कार्यक्रममा कृषि विकास वैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना भएको यस बैंकले कृषि लाई नछोडने अरुलाई जोडने यसको मुल नारा रहेकोले सयम परिस्थिति अनुसार अन्य क्षेत्रलाई समेटदै लगेतापनि कृषि क्षेत्रलाई विषेश जोड दिने बताए ।

कृषकको हित र सहजताको लागी कृषि क्षेत्रलाई प्रविधि मैत्री वनाउन कृषि विकास वैंकले किसान क्रेडिट कार्ड संचालनमा ल्याएको छ , जसको प्रयोगवाट कृषकलाई आवश्यक पर्ने मल, विउ र अन्य सामाग्री खरिद गर्न र नगद भुक्तानी दिन र लिन समेत सहज हुने बताए ।

उक्त कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले कृषि वैंकवाट प्रवाह गर्ने सवै बैकिङ्ग सुविधाका बारेमा बारेमा जानकारी गराएका थिए । सो कार्यक्रमको अध्यक्षता नेपालगंज प्रदेश कार्यालयका निर्देशक गिरीराज रेग्मीले गरेका थिए ।

उपस्थित सर्वसाधारण, व्यापारी, उद्योगी, पत्रकार, सरकारी कार्यालयका कार्यालय प्रमुखलाई शाखा पिपरीका प्रवन्धक नेत्र वुढथापाले स्वागत गरेका थिए । कृषि विकास बैंक प्रदेश ६ का प्रदेश प्रमुख खुर्सेद महम्द, बैंक अन्य कर्मचारीहरुको समेत उपस्थित रहेको उक्त कार्यक्रमको संचालन प्रदेश कार्यालय नेपालगंजका व्यवसाय सहायक सुरेश पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL