Logo

कीर्तिपुर नगरपालिका परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा

कीर्तिपुर नगरपालिका परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा



काठमाडौँ । कीर्तिपुर नगरपालिका परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टरको शुभारम्भ भएको छ । आइतबार किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एक्सटेन्सन काउन्टरको उदघाटन गरेका छन् ।

laxmi

कार्यक्रमा स्थानीय जनसमुदाय, नगरपालिकामा कार्यरत कर्मचारी , उपस्थिति रहेको उक्त उदघाटन समारोहमा नगर प्रमुख महर्जनले बैंकले उपलव्ध गराउने सेवाहरुले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थीति सक्षम-सवल बनाउनमा विशेष महत्व खेलेको र आगामी दिनमा स्थानीय बासीहरुको मन छुने गरी अझ बढी प्रभावकारी सेवा उपलव्ध गराउन शुभकामना दिएका थिए । उनले नगरपालिका परिसरमा एक्सटेन्सन काउण्टरको स्थापना गरि राजश्व संकलन कार्य  तथा बैंकिङ्क सेवा जस्तो महत्वपूर्णकार्यको थालनी गरेको  र परिसरमा बगैचाको निमार्ण कार्य गरेकोमा बैंक परिवारलाई धन्यवाद पनि दिए ।  

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले उपलव्ध गराएका सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु संचालन गर्ने बताए ।

कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको बारेमा जानकारी गराउंदै नगरपालिकाको संगको सहकार्यलाई आगामी दिनमा अझ मजवुद बनाउदै लैजानुका साथै स्थानीय जनता र प्रतिष्ठानको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता बृद्धि गर्दै लग्ने विषयमा उनले प्रकाश पारे ।

त्यसै गरी नगरपालिका उप–प्रमुख सरस्वती रिजालले शुभकामना मन्तव्य व्यक्त गर्दै नगरपालिका परिशर भित्र बैकले राखी दिएको एक्सटेन्सन काउण्टरले राजश्व संकलन तथा बैंकिङ्ग कारोबार महत्वपूर्ण सेवा उपलव्ध गराउने, नगरपालिका परिसर भित्र बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत आर्थिक सहयोग गरि बगैचा- उद्यान निमार्णमा महत्वपूर्ण भूमिका खेलेकोमा हार्दिक धन्यवाद दिइन् ।

कार्यक्रममा प्रबन्धक मिना लेखक बोहराले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।  कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवदी, यज्ञप्रकाश न्यौपाने, कृषि विकास बैंक बागमति प्रदेश प्रमुख सुन्दर खतिवडा, विभागीय प्रमुख गिरिधारी पौडेल, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख ध्रुव पौडेल , कृषि विकास बैंक किर्तिपुर शाखाका कर्मचारीहरु उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन कृषि विकास बैंक शाखा प्रमुख बिनोद कोईरालाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL